एक दिने पद यात्रा सम्बन्धि सूचना
आदरणीय अभिभावक ज्यू,
विद्यार्थीमा अतिरिक्त ज्ञानको विकास होस् भन्ने उद्देश्यका साथ यस विद्यालयमा कक्षा आठ, नौ र दसमा
अध्ययनरत विद्यार्थीहरुलाई यहि असोज ३१ गते शुक्रबारको दिन पद यात्रा (HIKING) को कार्यक्रम रहेको
जानकारी गराउन चाहन्छौं । उक्त दिनको लागि आफ्ना नानीबाबुहरुलाई विद्यालयको HOUSE UNIFORM मा पठाउन हुनको लागि जानकारी गराउदछौं ।
विद्यालय सञ्चालन सम्बन्धमा ।
आदरणीय अभिभावकवर्ग,शिक्षक शिक्षिका, कर्मचारी एवं प्रिय विद्यार्थीहरु,
विषय :-विद्यालय सञ्चालन सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा मिति २०८२ साल अशोज २३ गते बिहिवार देखि यस विद्यालयको नियमित पठनपाठन तथा प्रशासनिक गतिविधि नियमित समयमै सञ्चालन हुने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ । धन्यवाद !
दसैको लामो बिदा पश्चात् विद्यालय खुलेको हुनाले विध्यार्थिहरुलाइ विद्यालयमा आवश्यक पर्ने सम्पूर्ण शैक्षिक सामाग्रीका साथमा कपाल तथा नङ् काटेर पठाउनुहुन अनुरोध गर्दछौ ।
-विद्यालय प्रशासन
चौथो छन्द कविता वाचन प्रतियोगिता २०८३ मा जुनियर तर्फ सन्ध्या थापा मगरले चौंथो स्थान प्राप्त गर्न सफल
कागेश्वरी मनोहरा प्याब्सन नगर कमिटीले आायोजना गरेको चौथो छन्द कविता वाचन प्रतियोगिता २०८३ मा जुनियर तर्फ सन्ध्या थापा मगरले चौंथो स्थान प्राप्त गर्न सफल भएकोमा धेरै धेरै बधाई तथा शुभकामना …
मितिः२०८३-०३-१२
फ्रेसर्स मिट (Fresher's Meet)कार्यक्रम सम्पन्न
प्रारम्भ एकेडेमीमा २०८३ साल जेठ १ गते शुक्रबार नयाँ विद्यार्थी तथा शिक्षकहरूलाई स्वागत गर्दै “फ्रेसर्स मिट” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो भने विभिन्न सांस्कृतिक प्रस्तुति, परिचय कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन गरिएको थियो। विद्यालय परिवारले सम्पूर्ण नयाँ विद्यार्थी तथा शिक्षकहरूलाई हार्दिक स्वागत गर्दै उज्ज्वल शैक्षिक यात्राको शुभकामना व्यक्त गरेको छ।
जेनिसा कटवाल पहिलो छन्द कविता वाचन प्रतियोगितामा चौथो स्थान प्राप्त गर्न सफल
निसानको आयोजना तथा मदन भण्डारी मेमोरियल विद्यालयको संयोजनमा आयोजित पहिलो छन्द कविता वाचन प्रतियोगितामा चौथो स्थान प्राप्त गर्न सफल भएकोमा यस विद्यालयकि छात्रा जेनिसा कटवाललाई धेरै धेरै बधाई तथा शुभकामना …
[ मिति २०८२/०८/२३ गते, मंगलबार]